logo
२०८१ मंसिर ११ मंगलवार

  दृश्य समाचार  



के हो छठ पर्व, धार्मिक तथा सांस्कृतिक महत्व के छ ?

राष्ट्रिय |
समाज |


के हो छठ पर्व, धार्मिक तथा सांस्कृतिक महत्व के छ ?


सपना थामी, दृश्यमा मनोजरत्न शाही / केशब गुरुङ्ग
काठमाडौं, कात्तिक २३ गते । मिथिलाञ्चलमा भव्य रुपमा मनाइने छठ पर्व अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मनाउन थालिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका अनुवाद विभागका प्रमुख प्रा.डा उषा ठाकुरले एक–अर्काको धर्म, भाषा र संस्कृतिलाई सम्मान गरेकाे र छठ पर्वलाई नेपालीले महान पर्वको रुपमा मान्ने गरेको बताउनुहुन्छ ।

छठ पर्वमा आराध्यदेव सूर्य र छठी मैयाको आराधान गरी पूजा गरिन्छ । यस हिसाबले छठ पर्व हाम्रो देशको लागि एकता, सौभाग्य र समानताको प्रतिक भएको उहाँको भनाइ छ ।

विगतमा तराई–मधेश क्षेत्रमा मात्रै छठ पर्व मनाइने गरेको सम्झिदै उहाँ भन्नुहुन्छ, अहिले छठ पर्व राष्ट्रिय स्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमै यसको महिमा बढ्दै गइरहेको छ । जहाँ–जहाँ हिन्दू संस्कृति मान्ने मानिस हुनुहुन्छ त्यहाँ–त्यहाँ छठ पर्व धुमधामले मनाइने उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार, सूर्य देवता हिन्दू परम्पराका अनुसार आराध्य देव हुनुहुन्छ । नेपाली प्रकृति र सूर्यको पूजक हौं ।

उहाँ भन्नुहुन्छ द्रोपदी माताले पनि छठ पर्वको पूजा गर्नुभएको जनविश्वास छ । यसकारण छठ पर्व आज मात्र नभएर सदियौंदेखि मनाइँदै आएको बुझिन्छ ।

यो हाम्रो संस्कृतिको मूल पूजा र मूल मन्त्र रहेको उहाँले बताउनुभयो । सूर्य देवता शक्तिको प्रतिक हो । सूर्य देवताले उर्जा प्रदान गर्नुहुन्छ । उहाँले नै प्रदान गर्ने शक्तिको साहारा लिएर हामी आफ्नो कर्तव्य पथमा अगाडि बढिरहेको उहाँ बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?