विजयकुमार साह
ढल्केवर, कात्तिक २७ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको जनकपुर आउने कार्यक्रम अचानक स्थगित भएको छ । अध्यक्ष प्रचण्डको स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार जनकपुर आउने कार्यक्रम स्थगित भएको जनाइएको छ ।
अध्यक्ष प्रचण्ड शनिबार विहान १० बजे हवाइजहाजबाट जनकपुर अवतरण गर्ने त्यसपछि महोत्तरीको रामगोपलपुर पुगेर आठ वटा नवनिर्मित आधारभूत स्वास्थ्य चौकी र एक कोभिड अस्पतालको संयुक्तरुपमा उद्घाटन पश्चात् जनसभालाई सम्बोधन गर्ने कार्यक्रम थियो ।
अध्यक्ष प्रचण्ड नआउने भएपछि पूर्वनिधारित कार्यक्रम स्थगित गर्ने वा उहाँको स्थानमा कुन केन्द्रीय नेतालाई बोलाउन विषयमा कुराकानी भइरहेको माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष गणेश साहले बताउनुभयो ।
अध्यक्ष प्रचण्ड शनिबार विहान १० बजे जनकपुर एयरपोर्ट आइपुग्ने तालिका बनेको थियो भने १२ बजे रामगोपालपुर पुग्ने कार्यक्रम तय गरिएको थियो ।