logo
२०८१ मंसिर १० सोमवार



गुल्मीका दुई स्थानीय तहमा आज सार्वजनिक बिदा

राष्ट्रिय |
समाज |


गुल्मीका दुई स्थानीय तहमा आज सार्वजनिक बिदा



तिलाचन पाण्डे
तम्घास, कात्तिक २९ गते । गुल्मीका दुई स्थानीय तहले हरिबोधनी एकादशीको दिन (आज) सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन् ।
गुल्मीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल रेसुङगा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले २९ गते (आज) सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।
सोमबार नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थालगायतका कार्यालयहरु बन्द रहने नगरपालिकाले जनाएको छ ।
यस्तै, गुल्मीदरबार गाउँपालिकाको २८ गतेको कार्यपालिकाको बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
आज रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने र भैलो प्रतियोगिता समेत आयोजना गरिएको छ ।
पवित्रस्थल पोखरीमा गएर स्नान गर्नाले भूलवश भएका पापहरु नष्ट हुने र पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?