logo
२०८१ मंसिर ८ शनिवार



काँग्रेस महाधिवेशन : स्याङ्जामा रेग्मी र खाँण विजयी

राष्ट्रिय |


काँग्रेस महाधिवेशन : स्याङ्जामा रेग्मी र खाँण विजयी


अर्जुन काफ्ले

स्याङ्जा, मङ्सिर ७ गते । नेपाली काँग्रेस स्याङ्जाको क्षेत्र नम्बर १ मा तुलसीराम रेग्मी र क्षेत्र नरुम्बर २ मा दिलिपप्रताप खाँण निर्वाचित हुनुभएको छ ।

दुई युवा नेता राजु थापा र भगवत प्रकाश मल्लले प्यानल बनाएर भएको निर्वाचनमा दुबैतर्फ आ–आफना प्यानलसहित विजयी हुनुभएको हो । क्षेत्र नम्बर १ मा थापा प्यानल र क्षेत्र नम्बर २ मा मल्ल प्यानलले कार्यसमितिमा जितेको हो ।

रेग्मीले ३१५ मतले ओमबहादुर भट्टलाई पराजित गर्नुभएको हो भने सचिवमा मनोज मल्ल र सूर्यप्रसाद शर्मा तथा सहसचिवमा ध्रुव शर्मा र पशुपति पोखरेलले प्रतिस्पर्धीलाई पराजित गर्दै जित दर्ता गराउनुभएको हो ।

क्षेत्र नम्बर २ बाट विजयी खाँणले ४५९ मतको अन्तरले प्रतिस्पर्धाी ध्रुव शर्मा पंगेनीलाई पराजित गर्नुभएको हो । क्षेत्र नम्बर २ को सचिवमा फणीनारायण रेग्मी (दीपक) र यादवप्रसाद पाण्डे (सुन्दर) तथा सहसचिवमा प्रमोद पोखरेल र राजेश डुम्रे निर्वाचित हुनुभएको छ।

क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशन सङ्घीय महाधिवेशन प्रतिनिधि खुलातर्फ राजु थापा, अजित क्षेत्री, तुलसी गिरी, गोविन्द रानाभाट, भरतप्रसाद लम्साल, डोलबहादुर खड्का, प्रेमराज पौडेल, इन्द्रबहादुर रिजाल, भूमिबहादुर गुरुङ् (विश्व) र श्रीराम उपाध्याय, खस आर्यतर्फ कृष्णप्रसाद अर्याल, गोपालप्रसाद ढकाल र शक्तिचन्द्र अधिकारी, महिला खुलातर्फ देवी अर्याल, तारा मल्ल, बन्दना लम्साल, लेखमाया पौडेल र खस आर्य महिलातर्फ सीता गोदार र लक्ष्मी केसी निर्वाचित हुनुभएको हो ।

यस्तै दलिततर्फ अमृत विक, आदिवासी जनजातितर्फ अनुप श्रेष्ठ र देवेन्द्र गुरुङ, आदिवासी जनजाति महिलातर्फ धनकुमारी थापा, अल्पसङ्ख्यकतर्फ शाह मोहम्मद मिया निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै क्षेत्र नम्बर २ क्षेत्रीय अधिवेशन संघीय महाधिवेशन प्रतिनिधि खुलातर्फ भागवतप्रकाश मल्ल, विष्णु पौडेल, गुरुप्रसाद भट्टराई, अर्जुनप्रकाश अर्याल, युवराज पाण्डे, शिवकुमार गिरी, लक्ष्मीप्रसाद रेग्मी, महेन्द्र श्रेष्ठ, छायाराम खनाल, जलेश्वर पाण्डे, खुला महिलातर्फ कल्पना तिवारी, कविता तिवारी, सरस्वती अर्याल, खगीसरा भण्डारी र खस आर्य पुरुषतर्फ रामचन्द्र पंगेनी, लक्ष्मीकान्त रेग्मी र महिलातर्फ सुनिता उच्चै ठकुरी र गायत्री आचार्य निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रामचन्द्र गौतम (आरसी) ले बताउनुभयो ।

यस्तै समावेसी जनजाती पुरुषतर्फ चन्द्र राना, यादवकुमार श्रेष्ठ, महिलातर्फ विमला श्रेष्ठ र माया राना, दलित पुरुषतर्फ लीलबहादुर रनपाल र महिलातर्फ तुलसी नेपाली निर्वाचित हुनुभएको हो । युवा नेता जित दर्ता गराउँदा पुराना नेता खगेन्द्र रेग्मी, भोजराज अर्याल, मोहनप्रसाद पाण्डे, कार्यबहाक सभापति कुमार राना भने संघप्य महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । स्याङ्जामा क्षेत्र नम्बर १ र २ मा गरेर दुई हजार २५९ मतदाता छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?