धर्बेन्द्र झा
जनकपुरधाम, मंसिर ८ गते । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रलाई मजबुत बनाउन अगामी चुनावमा नेपाली काँग्रेसलाई नै मतदान गर्नुपर्ने बताउनुभएको छ ।
काँग्रेस धनुषा क्षेत्र ३ (ख) को पहिलो क्षेत्रीय अधिबेशनलाई बुधबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो । काँग्रेसले नै देशको विद्यमान समस्या समाधान गर्ने भन्दै उहाँले काँग्रेसलाई सहयोग गर्न आव्हान समेत गर्नुभयो ।
उपसभापति निधिले काँग्रेस नेतृत्वमा बनेको गठबन्धन सरकारले संविधानको रक्षा गर्दै देश र जनताको हितमा केन्द्रीत रहेको बताउनुभयो । नागरिकको जिवन रक्षा पहिलो प्राथमिकता रहेको पनि उहाँले चर्चा गर्नुभयो ।
बर्तमान सरकार सही दिशामा अघि बढिरहेको बताउनुहुँदै नेता निधीले भन्नुभयो, “पुनः एक पटक काँग्रेसलाई मतदाताले बहुमत दिनुपर्छ ।” जनकपुरधामको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण मानिएको नेपाल रेल्वे यथाशीघ्र सञ्चालनमा आउनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले आफुले काँग्रेस प्रदेश २ को सभापतिमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो । काँग्रेस धनुषा क्षेत्र ३ का सभापति शिवजी रायको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीसहितले अधिबेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।