logo
२०८१ मंसिर १३ बिहीवार



विकट गाउँको समस्या सरकारसम्म पु-याउने प्रतिबद्धता

राष्ट्रिय |


विकट गाउँको समस्या सरकारसम्म पु-याउने प्रतिबद्धता


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ११ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकट गाउँको समस्या सरकारसम्म पु-याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार काभ्रे डाँडापारीका दुईवटा गाउँपालिकामा भएको पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले त्यस भेगका समस्या समाधान गराउन आफू मन्त्रालयसम्म जाने बताउनुभयो । जिल्ला सदरमुकामदेखिको सडक निर्माण तथा स्तरोन्नति लागि मन्त्रालयमा गएर कुरा गर्ने उहाँले आश्वासन दिनुभएको छ ।

मौसमले साथ नदिएपछि ...
काभ्रेपलाञ्चोक जिल्लाको सबैभन्दा विकट डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाका स्थानीय शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को व्यग्र प्रतिक्षामा थिए ।
सडक यातायातको सहजै पहँुच नभएको दुईवटा गाउँपालिकामा नेकपा माओवादी केन्द्रको गाउँ अधिवेशनलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड हेलिकप्टरबाट आउने कार्यक्रम तय भएको थियो । प्रचण्ड आफ्नो गाउँमा आउने भएपछि त्यहाँका स्थानीयले आफूहरूका समस्याको पोको प्रचण्ड सामु राख्ने योजना बनाएका थिए ।

नेकपा माओवादीको जनयुद्धकालीन आधार इलाका भएकाले स्थानीयले प्रचण्डको स्वागतार्थ दुई गाउँपालिकालाई सिङ्गारेका थिए । प्रचण्डको काभ्रेपलाञ्चोक भ्रमण विशेष थियो । नेकपा एमालेको महाधिवेशनमा नगएर प्रचण्डले काभ्रेपलाञ्चोकको विकट गाउँपालिका जाने निर्णय गर्नुभएको थियो । शुक्रबार, आयोजकले सोचेको जस्तो भएन, मौसममा एक्कासि खराबी देखिएपछि प्रचण्ड काभ्रे जान पाउनुभएन । उहाँले आफूले तीन घण्टादेखि काभ्रेको कार्यक्रममा जान भनेर तयारी गरे पनि मौसमको समस्याले जान नसकेको बताउनुभयो ।
डाँडापारिका दुईवटा गाउँपालिकामा हिउँदमा मात्रै यातायातको पहँुच छ । सञ्चार विद्युत् समस्याको समस्या रहेको छ । मौसमले साथ नदिएपछि प्रचण्डले टेलिफोनमार्फत सम्बोधन गर्नुभएको थियो । २० मिनेट लामो सम्बोधनमा आफू उपस्थित हुन नसके पनि डाँडापारिको समस्या भने सरकार समक्ष पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

माओवादी केन्द्रका नेता एवं महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले भूगोलले ठगेको आफ्नो गाउँपालिकालाई शुक्रबार मौसमले समेत साथ नदिएको भन्नुभयो । पूर्वप्रधानमन्त्री एंव पार्टीका अध्यक्ष प्रचण्डलाई गाउँपालिकाको समस्याको बारेमा जानकारी गराउने तयारी थियो, मौसमले साथ नदिएपछि भन्न पाइएन अध्यक्ष जिम्बाले भन्नुभयो ।

‘प्रचण्डले यहाँको वास्तविक अवस्था थाहा पाउनुहुन्थ्यो, त्यसो हुन सकेन हरेक समस्याको बारेमा जानकारी गराएका छाँै’ अध्यक्ष जिम्बाले थप्नुभयो, ‘आफूले सकेको सहयोग गर्ने प्रचण्डबाट प्रतिबद्धता मिलेको छ ।’ खानीखोला गाउँपालिकाका माओवादी केन्द्रका नेता राजन अधिकारीले प्रचण्ड स्वयं उपस्थित हुन नसके पनि उहाँले टेलिफोनबाट सम्बोधन गरेर आफ्ना समस्या समाधान गराउन पहल गर्ने भएपछि आशावादी बनेको बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?