शालिग्राम नेपाल
सौराहा (चितवन) मङ्सिर १२ गते । चितवनको सौराहामा जारी नेकपा (एमाले) को दशौं महाधिवेशनको बन्दसत्र ढिला हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली सहमतिको प्रयासमा व्यस्त हुनुभएपछि बन्दसत्र शुरु हुन समय लाग्ने भएको हो ।
नेतृत्व चयनका लागि सहमती जुटाउन एमाले अध्यक्ष ओली छलफलमा बस्नुभएपछि अहिले बन्दसत्र हुने स्थल सुनसानजस्तै बनेको छ । सहमतिको प्रयासका लागि अध्यक्ष ओली बस्नुभएको होटलमा नेताहरुको भने भिड छ ।
अध्यक्ष ओलीले पदाधिकारीसहित केन्द्रीय सदस्य र आयोगको समेट टुङ्गो लगाउने भएपछि त्यसको तयारीमा उहाँ निकट नेताहरु तयारीमा रहनुभएको छ ।
आफुले चाहेको पदमा राखिदिन नेताहरुले दवाब दिएका छ्न ।
अध्यक्षका प्रत्यासी भीम रावल निकटले महाधिवेशन स्थलाम प्रचार वितरण गर्दा ओली निकटका कार्यकर्ताले रोकेका थिए । अहिले अध्यक्ष ओली, सुवासचन्द्र नेम्वाङ, इश्वर पोखरेल, शङ्कर पोखरेल लगायतका नेताहरु छलफलमा छ्न । छलफलबाट निष्कर्ष निस्केपछि मात्र बन्दसत्र सुरु हुने बताइएको छ ।