शालिग्राम नेपाल
सौराहा(चितवन ), मङ्सिर १३ गते । नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले १९ पदाधिकारीको नाम सर्वसम्मतको लागि घोषणा गर्नु भएको छ ।
बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएपछि ओलीले सोमबार बिहान ३ बजे घोषणा गर्नु भएको हो । ओलीले अध्यक्षमा आफैं, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेलको नाम लिनुभयो ।
उपाध्यक्षहरुमा त्यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङलाई बनाउने प्रस्ताव लैजानुभएको छ ।
प्रस्तावित नामावली
अध्यक्षः केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्षः ईश्वर पोखरेल
उपाध्यक्ष
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
सुरेन्द्र पाण्डे
रामबहादुर थापा बादल
विष्णु पौडेल
सुवास नेम्वाङ
महासचिव
शङ्कर पोखरेल
उपमहासचिव
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
विष्णु रिमाल
सचिव
टोपबहादुर रायमाझी
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
लेखराज भट्ट
योगेश भट्टराई
गोकर्ण विष्ट
पद्मा अर्याल