logo
२०८० चैत्र १५ बिहीवार

  राष्ट्रिय जनगणना २०७८  



छ महिनाभित्र डाटा इन्ट्री , एक वर्ष भित्र नतिजा

राष्ट्रिय |


छ महिनाभित्र डाटा इन्ट्री , एक वर्ष भित्र नतिजा



काठमाडौं, मङ्सिर १३ गते । मङ्सिर ९ गतेदेखि फिल्डबाट सुरु गरिएको राष्ट्रिय जनगणना सम्पन्न भएपछि केन्द्रीय तथ्याङ्क विभागले छ महिनाभित्र डाटा इन्ट्री गरी एक वर्षभित्र अन्तिम नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको छ । तथ्याङ्क प्रशाेधन गर्न आन्तरिक तयारी शुरु गरिएकाले २०७९ कात्तिकभित्र जनगणनाको अन्तिम नतिजा प्रकाशन गर्ने विभागका निर्देशक डुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।

विभागले २०७९ जेठ महिनाभित्रमा सबै डाटा इन्ट्री गरिसक्ने छ र त्यसपछि विभिन्न शीर्षकका नजिताहरु क्रमश सकेर कात्तिकभित्रमा राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक प्रशासन गर्नेछाैं, लामिछानले भन्नुभयो । विभिन्न चुनौतीका साथ फिल्डबाट जनगणनाको तथ्याङ्क सङ्कलन गर्न सफल भएको विभागले जनाएको छ । विभागले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गरी १५ दिनमा फिल्डमै पुगेर तथ्याङ्क सङ्कलन गरेको थियो । विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर ३९ हजार गणक र आठ हजार पाँच सय जना सुपरभाइजर गणक कार्यक्षेत्रमा खटाएकाे थियाे ।

प्रत्येक १०÷१० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना गौरवको ऐतिहासिक कार्यक्रमको रुपमा लिइने गरिएको छ । यस वर्ष विभागले ५५ वटा प्रश्न र अन्य उपप्रश्न गरी ८० वटा प्रश्न सोधेर सबै समुदायको प्रतिनिधित्व हुने गरी गणना गरेको जनाएको छ । विभागले यस पटकको जनसङ्ख्या करिव तीन करोड पुग्ने प्रारम्भिक अनुमान गरिएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?