logo
२०८१ बैशाख ८ शनिवार



एमालेमा विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित (नामावलीसहित)

राष्ट्रिय |


एमालेमा विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित (नामावलीसहित)


काठमाडौं, मङ्सिर १३ गते । नेपाल एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने विभिन्न पदमा उम्मेदवारी दिनुभएको उम्मेदवारहरुको प्रारम्भिक सूचL सार्वजनिक गरिएको छ ।
एमालेको दशौं महाधिवेशनको केन्द्रीय निर्वाचन कार्यालयले उम्मेदवारको प्रारम्भिक सूचL प्रकाशन गरेको हो ।
केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको विरोधमा उजुरीका लागि छुट्याएको समयभित्र उजुरी दिन सकिनेछ । कुनै उम्मेदवारविरुद्ध उजुरी परेमा त्यसको छानबिन गर्ने र त्यसपछि उम्मेदवारको नामावली पुनः प्रकाशन गर्ने समितिले जनाएको छ ।
त्यस्तै उम्मेदवारले नाम फिर्ता दिन चाहेमा फिर्ता गर्न पाउने र दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार एमाले अध्यक्षमा केपी शर्मा ओली र भीमबहादुर रावल तथा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, युवराज ज्ञवाली, रामबहादुर थापा, सुरेन्द्रप्रसाद पाण्डे, सुवासचन्द्र नेम्वाङ रहनुभएको छ ।
यसैगरी महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णसुप्रसाद रिमाल तथा सचिवमा गोकर्ण विष्ट रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?