काठमाडौं, मंसिर १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले अध्यक्ष पदमा पुनः उम्मेदवारी नदिइने हुनु भएकाे छ ।
जबराका सहयोगी केशव कटुवालले गोरखापत्र अनलाइनसँग कुराकानी गर्नुहुदै उहाँले महाधिवेशनमा अध्यक्षमा नउठ्ने जानकारी दिनुभयो । ‘उहाँ महाधिवेशनमा नउठ्ने भन्ने छ । तर, यसको कारणबारे थाहा छैन । महाधिवेशन सहमतिमा गर्ने भन्ने छ ।’, उहाँले बताउनुभएको छ ।
राप्रपा महाधिवेशनका लागि कमल थापा र राजेन्द्र लिङ्देनले औपचारिकरुपमा घोषणा गरिसक्नुभएको छ । राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका रहेको छ ।