logo
२०८१ मंसिर १३ बिहीवार



एमाले महाधिवेशनमा १६ सयले गरे मतदान , उम्मेदवारहरु मत माग्दै

राष्ट्रिय |


एमाले महाधिवेशनमा १६ सयले गरे मतदान , उम्मेदवारहरु मत माग्दै
एमाले उपाध्यक्षका उम्मेदवार सुरेन्द्र पाण्डे प्रतिनिधिहरुसँग मत माग्दै । तस्विर– शालिग्राम नेपाल । सौराहा



शालिग्राम नेपाल
सौराहा (चितवन), मङ्सिर १४ गते । नेकपा एमालेको सौराहामा जारी दशौँ महाधिवेशनमा अहिलेसम्म १६ सयभन्दा धेरै मत खसेको छ ।
मङ्सिर ११ गतेदेखि सुरु भएको बन्दसत्रमा सहमतिको प्रयास असफल भएपछि आज विहान ४ बजेबाट मतदान सुरु भएको थियो ।

विहान अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र अर्का उम्मेदवार भीम रावलले मतदान गरेपछि सुरु भएको थियो । अहिलेसम्म एकहजार छ सय मत खसेको निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिनुभयो ।

कुल दुई हजार १५३ मतदाता रहेको महाधिवेशनमा अहिले पनि मतदान चलिरहेको छ । अध्यक्षमा रावलले मत माग्दै हुनुहुन्छ भने अर्का अध्यक्षका उम्मेदवार ओली रिसोर्टमा बस्नुभएको छ । उपाध्यक्षका उम्मेदवारहरुले प्रतिनिधिहरुसँग मत माग्दै हिँड्नुभएको छ ।

निर्वाचन आयोगका अनुसार मतदान ११ बजेसम्म चल्ने जनाइएको छ । हिजो राति ९ बजे मतदान प्रक्रिया अगाडि बढाउने भने पनि उम्मेदवारी फिर्ताको लागि भन्दै समय लम्ब्याइएको थियो ।

अध्यक्षमा दुई, उपाध्यक्षमा छ पदका लागि सातजना, सचिवमा सात पदका लागि नौ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार मतदान सकिएको दुइ घण्टापछि परिणाम आउने जानकारी दिएको छ । अहिले ७२ वटा विद्युतीय मेसिनबाट मतदान भइराखेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?