काठमाडौं, मङ्सिर २४ गते । भारतीय जनता पार्टीका नेता हर्ष वर्धनले नेपालमा पहिलो पटक यतिका पूर्व प्रधानमन्त्रीलाई एउटै मञ्चमा देख्न पाएकोमा खुशी व्यक्ति गर्नुभयो ।
काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनमा आफ्नो मन्तव्य राख्दै पूर्व मन्त्रीसमेत रहनुभएको हर्षवर्धनले विश्वमा यस्तो देख्न नपाएको धारणा व्यक्त गर्नुभएको हो ।
केही दिन पहिले चितवनमा भएको एमालेको महाधिवेशनमा देशका प्रधानमन्त्री शेरबहादुर देउवा आफैँ उपस्थिति भएको कुरा सम्झदै उहाँले नेपाली राजनीतिक दललाई बधाई दिनुभयो ।
त्यस्तै नेपाल–भारतको सम्बन्धबारे उहाँले सन् २०१५ मा नेपालमा भएको भूकम्पमा भारतीय जनतालार्ए पनि पीडा भएको बताउनुभयो । साथै कोभिडमा पनि नेपालीका लागि औषधिको व्यवस्था गरेको स्मरण पनि गर्नुभयो ।
मन्तव्यका क्रममा नेता हर्षवर्धनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अध्यक्ष जेपी नड्डाको तर्फबाट पनि शुभकामना दिनुभएको बताउनुभयो ।
काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन भारतीय जनता पार्टी ९भाजपा० नेता हर्षवर्धन र तृणमूल काँग्रेस नेता मुकुल रोयलसहित चार जना नेता काठमाडौैं आउनुभएको हो ।