logo
२०८१ मंसिर १२ बुधवार



वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कठघरामा ल्याइनेछ - मन्त्री श्रेष्ठ

राष्ट्रिय |
प्रदेश |


वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कठघरामा ल्याइनेछ - मन्त्री श्रेष्ठ
महोत्सवमा बोल्नु हुँदै मन्त्री श्रेष्ठ । तस्विर–अमरराज नहर्की



अमरराज नहर्की
तनहुँ, मङ्सिर २५ गते । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्ने आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ । पाटन युवा क्लबद्धारा व्यास ५ को पराशर आश्रमको प्राङ्गणमा आयोजित प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको उद्घाटन गर्दै वैदेशिक रोजगारीमा ठगी गर्ने दलालहरुलाई आफूले नछाड्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

विदेश जाँदा श्रम मन्त्रालयको स्विकृति लिएर मात्रै जान मन्त्री श्रेष्ठले युवालाई आग्रह गर्नुभयो । ९७ प्रतिशत युवाहरु तालिम र विना सिप वैदेशिक रोजगारीमा जाने गरेको भेटिएको पनि मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । विगतमा केन्द्रमा मात्रै भएको तालिमको व्यवस्थालाई आफू मन्त्री भएपछि ७ वटै प्रदेशमा तालिम केन्द्र खोलेर वैदेशिक रोजगारमा जाने युवाहरुलाई ज्ञान र सिप दिन थालिएको उहाँको भनाई थियो ।

श्रमजिवी र श्रमीकहरुको हकहितमा आफुले काम गर्ने मन्त्री श्रेष्ठले वताउनुभयो । वैदेशिक रोजगारीमा जाँदा ठगी भयो भन्ने उजुरी आए आफूले त्यस्ता मेनपावर कम्पनीलाई तत्कालै कारवाही गर्ने मन्त्री श्रेष्ठको भनाइ थियो । ‘‘म पैसा कमाउन नभई काम गर्न मन्त्री भएको हुँ, वैैदेशिक रोजगारीमा ठगी गर्नेलाई छाड्दिन’’ मन्त्री श्रेष्ठले भन्नुभयो ।

सर्वोच्च अदालतले संसद विघटन अवैधानिक भनेपछि जनताको मतको सम्मान गर्दै सम्मान गर्न नेकपा एकीकृत समाजवादी पार्टीमा लागेको बताउनुभयो ।
कार्यक्रममा तनहुँ प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेकपा एकीकृत समाजवादी तनहुँका अध्यक्ष शङ्करनारायण श्रेष्ठलगायतले स्वास्थ्यका मापदण्ड पालना गरी हरेक क्षेत्रलाई चलायमान गराउनुपर्ने हुँदा मेला महोत्सवको आयोजना हुनु आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?