काठमाडौं, मङ्सिर २६ गते । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य पदको उम्मेदवारी फिर्ता लिनुभएको बताउनुभएको छ ।
काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत शनिबार केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको उहाँले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई सघाउन उम्मेदवारी फिर्ता लिनुभएको बताउनुभएको छ ।
'मैले उम्मेदवारी फिर्ता लिएँ । पार्टीभित्र मिलेर काम गर्नुपर्ने भयो ।' उहाँले गोरखापत्र अनलाइनसँग बताउनुभयो ।
यद्यपि, काँग्रेस केन्द्रीय निर्वाचन समितिले भने विश्वकर्माको उम्मेदवारी फिर्ताको औपचारिक प्रकिया पूरा हुन बाँकी रहेको जनाएको छ ।