काठमाडौं, मंसिर २७ गते । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि केही बेरमा मतदान सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
विहान ८.०० बजेबाट मतदान सुरू हुने भनिए पनि क्रही ढिलाे हुने भएकाे छ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले अहिले मतपत्रहरु मतदान केन्द्रमा लाने काम भइरहेको र मतदान सुरु हुन अब एक घण्टा लाग्ने बताउनुभयाे ।
काँग्रेसको एक सभापतिसहित १३ पदाधिकारी र एक सय २१ केन्द्रीय सदस्यहरु गरि जम्मा एक सय ३२ पदका लागि निर्वाचन हुन लागेको हो । भृकुटीमण्डपमा दुई र राष्ट्रिय सभा गृहमा एक गरि तीन मतदान केन्द्रबाट चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्नुहुने निर्वाचन समितिले जनाएको छ ।