विजयकुमार साह
ढल्केवर, मङ्सिर २८ गते । जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक धनुषाको ढल्केवर मङ्गलबारदेखि सुरु भएको छ । ढल्केवस्थित होटल रोयस सम्राटको सभाकक्षमा सुरु भएको बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
जनमत प्रेस सङ्गठनका केन्द्रीय अध्यक्ष विपी साहले सबै स्थानीय तहमा सङ्गठन निर्माण गर्ने, पार्टीले सञ्चालन गरेको भ्रष्टाचारविरुद्धको अभियानको समीक्षा र पार्टीको भावी रणनीतिको विषयमा छलफल हुने बताउनुभयो ।
बैठकको उद्घाटन जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले गर्नुभयो । बुधबारसम्म चल्ने बैठकमा केन्द्रीय सदस्यलगायत पार्टी मातहतका सङ्गठनका प्रतिनिधिहरुको उपस्थित छ ।