logo
२०८१ जेष्ठ ५ शनिवार

  काँग्रेसको १४ औं महाधिवेशन  



थारुतर्फ केन्द्रीय सदस्यमा पूर्वमन्त्री चौधरीसहित चार जना निर्वाचित

राष्ट्रिय |
राजनीति |


थारुतर्फ केन्द्रीय सदस्यमा पूर्वमन्त्री चौधरीसहित चार जना निर्वाचित


काठमाडौँ, पुस ६ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत थारुतर्फको मतगणना सकिएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार थारु खुलातर्फ केन्द्रीय सदस्यमा पूर्वमन्त्री रामजनम चौधरी निर्वाचित हुनुभएको छ ।

उहाँले २ हजार ५०३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, योगेन्द्र चौधरी पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले २ हजार १९८ मत प्राप्त गर्नुभयो ।

२ जना निर्वाचित हुने उक्त समूहमा ८ जनाले प्रतिस्पर्धा गर्नुभएको थियो । जसमा बद्रीनारायण चौधरीले १ हजार ६०४, साजनकुमार महतोले १ हजार ४१२, पार्वता डिसी चौधरीले ५६३, भोटनीदेवी खवासले २९९, देवराज चौधरीले २१७ र यज्ञराज चौधरीले १८४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, थारु महिलातर्फ केन्द्रीय सदस्यमा कल्पना चौधरी र जीवन राना निर्वाचित हुनुभएको छ । चौधरीले २ हजार ५२४ र रानाले २ हजार ३४९ मत प्राप्त गर्नुभयो ।

२ पदका लागि ५ जनाको उम्मेदवारी परेको थियो । जसमा नमिताकुमारी चौधरीले १ हजार ६६१ मत, नवोदिता चौधरीले १ हजार ५९० मत र टीकाकुमारी चौधरीले ८९२ मत प्राप्त गर्नुभएको छ ।

मङ्सिर २७ गते सम्पन्न निर्वाचनमा खसेको ४ हजार ६५१ मतमध्ये ४८ मत बदर भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?