logo
२०८१ मंसिर १२ बुधवार



मुलुकको समृद्धिका लागि स्वास्थ्य क्षेत्रको योगदान महत्वपूर्णः अध्यक्ष ओली

राष्ट्रिय |
प्रदेश |


मुलुकको समृद्धिका लागि स्वास्थ्य क्षेत्रको योगदान महत्वपूर्णः अध्यक्ष ओली


विष्णुप्रसाद पोखरेल
दमक, पुस ९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मूलकको समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको महत्वपूर्ण भुमिका रहने बताउनुभएको छ । झापाको दमकमा शुक्रबारबाट शुरु भएको बृहत स्वास्थ्य शिविरलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

दमकको वडा ७ को कार्यालय परिसरभित्र दमक नगरपालिका, घुन्सा फाउण्डेशन, विपन्नका लागि स्वास्थ्य, नेपालको आयोजनामा मुटु सम्बन्धी, वालबालिका सम्बन्धि र अन्य सेवा सहितको स्वास्थ्य शिबिरको भर्चुअल उद्घाटन गर्नुभएको हो । स्वास्थ्य शिविरमा मुटु सम्बन्धी जाँच, परामर्श र औषधिसहितको सेवा ३ दिनसम्म चल्ने सो अवसरमा जानकारी गराइएको छ ।

झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य समेत रहनु भएका ओलीले स्वास्थ्यमा सामान्य समस्या आउँदा नै जाँच गर्ने र आवश्यक परामर्श तथा उपचार पाउने अवस्था रहदा धेरैको ज्यान बच्ने कुरामा गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । कोही पनि मानिसहरु उपचार नपाएर मर्ने अवस्था रहनु हुन्न, उहाँले भन्नुभयो ।

जाँचमा आएका कोही विरामीको थप उपचार गर्नुपर्ने अवस्था रहेमा त्यो समेत गर्ने उद्देश्यले भएको स्वास्थ्य शिबिरले यस क्षेत्रका बासिन्दा लाभान्वित हुनेगरी काम गर्न पनि उहाँले आग्रह गर्नुभयो । “मुटु रोग यस्तो रोग हो ढिला गरी थाहा पाईयो भने फेरि उपचार सम्भव नहुन पनि सक्छ, यसर्थ समयमा नै जाँच गर्न सबैसँग मेरो अनुरोध छ”, उहाँले भन्नुभयो ।

घुन्सा फाउण्डेसनका अध्यक्ष याङजोम शेर्पाले मुटु सम्बन्धी विरामीहरुको थप उपचार सेवा आवश्यक भएमा उनिहरुको उपचारमा पनि सहयोग गरिने तयारीअनुसार तीन दिने स्वास्थ्य शिविर राखिएको बताउनुभयो । उहाँकाअनुसार मुटुरोग सम्बन्धी विशेषज्ञसहित ६० भन्दा बढी चिकित्सक शिविरमा सेवा दिइरहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?