logo
२०८१ मंसिर ८ शनिवार



एमसीसी बारेमा सबै सकारात्मक हुनुपर्छ : गृहमन्त्री खाँण

राष्ट्रिय |
प्रदेश |


एमसीसी बारेमा सबै सकारात्मक हुनुपर्छ : गृहमन्त्री खाँण


नरेन्द्र ढकाल
गोरखा, पुस १० गते । संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारेमा सबै सकारात्मक हुनुपर्ने बताउनुभएको छ । गोरखामा पत्रकारसँग कुरा गर्दै उहाँले एमसीसी नेपालले नै प्रस्ताब गरेको बिकास परियोजना भएको बताउनु भयो ।

एमसीसी कुनै सैन्य गठबन्धन नभएको उहाँले दाबी गर्नुभयो । ‘नेपालमा विद्युत ट्रान्समिसन, सडक निर्माण गरिबी निवारण र रोजगारी वृद्धिका लागि यो परियोजना हामीले नै प्रस्ताब गरेका हौं’ उहाँले भन्नुभयो, ‘एममीसीले सोहीअनुरुप यो परियोजनालाई स्वीकृत गरेको हो ।’

सो सम्झौतालार्ई संसदबाट पास गर्ने प्रावधान पनि नेपालले नै राखेको उहाँले बताउनुभयो । सोहीअनुरुप परियोजना पास हुनुपर्ने मन्त्री खाँणको भनाई छ । नेपालको अहित गर्नेखालका कुनै पनि प्रावधान सम्झौतामा नभएको उहाँको दाबी छ । ‘एमसीसी अनुदान हो ऋण होइन, ऋण ल्याउँदा विभिन्न बाध्यता हुन सक्छन् । तर यो हामीले फर्काउनु पर्दैन,’ मन्त्री खाँणले थप्नुभयो, ‘यो अमेरिकनहरुले तिरेको करबाट रकम आएको हो ।’ एमसीसीको प्रस्ताब संसदमा कहिले जान्छ ? पत्रकारको जिज्ञासामा उहाँले साइत हेर्नु नपर्ने जवाफ दिनुभयो । सत्ता साझेदार दलहरुसँग छलफल गरी छिटै संसदमा लैजाने उहाँले बताउनुभयो ।

फरक प्रसंगमा बोल्दै उहाँले सरकार निर्वाचनको लागि तयारी गरिरहेको बताउनुभयो । ‘स्थानीय तह र आम निर्वाचनको चर्चा चलिरकेको छ तर निक्र्यौल भइसकेको छैन,’ उहाँले भन्नुभयो, ‘श्रृङ्खलावद्ध निर्वाचन गर्न हामी सबै तयार हुनुपर्छ ।’ सरकारले निर्वाचन आयोगले भनेजसरी तयारी र पूर्वतयारी गरिरहेको उहाँले बताउनुभयो ।

निर्वाचन गराउने दायित्व आयोगको भएको र आयोगलाई सहयोग पु¥याउने काम सरकारले गर्ने उहाँको भनाई छ । ‘निर्वाचन आयोगले जस्तो प्रस्ताब ल्याउँछ त्यहीअनुरुप सरकारले तयारी गर्छ र सुरक्षा प्रबन्ध मिलाउँछ,’ उहाँले भन्नुभयो, ‘हामी त्यसका लागि प्रतिबद्ध छौं ।’ त्यसअघि गोरखा उद्योग संघको ४६ औं वार्षिक साधारणसभा तथा १६ औं अधिवेशनको उद्घाटन गर्दै उहाँले व्यापारी व्यवसायीलाई सुरक्षा प्रदान गर्न सरकार तयार रहेको बताउनुभयो ।

गोरखाको गोरखकाली रबर उद्योगलगायत ठूला खालका विकास निर्माणका योजनाहरु सञ्चालनमा ल्याउन निजि क्षेत्रलाई अनुरोध समेत उहाँले गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखामा व्यापार व्यवसाय गर्न ठूला लगानी कर्तालाई आब्हान समेत गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?