logo
२०८१ बैशाख २१ शुक्रवार



माओवादी केन्द्रको महाधिवेशनमा पूर्वानुमानित एक करोड खर्च नहुने

राष्ट्रिय |


माओवादी केन्द्रको महाधिवेशनमा पूर्वानुमानित एक करोड खर्च नहुने


 

काठमाडौं, पुस १७ गते । नेकपा माओवादी केन्द्रको काठमाडौंमा पुस ११ गतेदेखि जारी आठौं राष्ट्रिय महाधिवेशनमा लागत एक करोड रुपियाँको हाराहारीमा रहने पूर्वानुमान गरिए पनि सो हाराहारीमा रकम खर्च नहुने भएको छ ।

महाधिवेशनमा सहभागी हुनुभएको १७ सय ४२ प्रतिनिधिहरुले बिहान र बेलुकाको खाना र बसोबासको व्यवस्था सम्बन्धित जिल्ला र प्रदेशबाट नै व्यवस्थापन हुने हुँदा पनि यो रकम नबढ्ने व्यवस्थापनका जिम्मा पाउनुभएका नेता जगत सिंखडा बताउनुहुन्छ ।

कमलादीस्थितको प्रज्ञा भवनको हल भोलि आइतबारसम्म बुकिङ गरिएको बताउनुहुँदै उहाँले महाधिवेशनका लागि एक, दुई दिन थप समय लागेता पनि कार्यक्रमस्थल खर्च र खाजा खर्च मात्रै बढेको बताउनुभयो ।

'दिनमा एक पटकको खाजा खर्च मात्रै हो । महाधिवेशन प्रतिनिधिका लागि ३५० का दरले खाजा खर्च करिब १५ लाख हाराहारीमा लाग्छ । एक करोड खर्च लाग्दैन किनकि, हामीले महाधिवेशनलाई बैचारिक बहसमा केन्द्रित गर्यौं । अन्य दलहरुको जस्तो होइन, अनावश्यक तडकभडक गरेनौं ।' माओवादी केन्द्रको महाधिवेशनमा पूर्वानुमानित एक करोड खर्च नहुने सिंखडा भन्नुहुन्छ । महाधिवेशन खर्च ५० लाखको हाराहारीबाट केही बढ्ने उहाँको भनाइ छ ।

पार्टीको महाधिवेशनको आजको बन्दसत्र हलले विधान पारित गरेसँगै सर्वसम्मतबाट नेतृत्व चयन हुनुपर्नेमा माओवादी केन्द्रले जोड गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?