logo
२०८१ मंसिर ८ शनिवार



जयनगर–कुर्था रेलवे लिक परीक्षण सफल

राष्ट्रिय |
प्रदेश |


जयनगर–कुर्था रेलवे लिक परीक्षण सफल


लक्ष्मी चौधरी
जनकपुरधाम, पुस २४ गते । जयनगर–कुर्था रेलमार्ग परीक्षण सफल भएको छ । शनिबार जनकपुरधाम रेल्वे स्टेशन हुँदै भारतीय रेल कम्पनीका प्राविधिक टोलीसहित जयनगर–कुर्था रेल लिक परीक्षण सफल भएको हो ।

रेलमार्ग परीक्षणको क्रममा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । उहाँले रेलको अवस्था सबै ठीक रहेको बताउँदै परीक्षण सफल भएको जानकारी दिनुभयो । यसलाई छिट्टै सञ्चालनमा ल्याउन पाए दुवै देशको लागि फाइदा हुने उहाँले भन्नुभयो । केही ठाउँमा क्लिप चोरी भएको कुरालाई ध्यानाकर्षण पनि गराउनुभएको थियो ।

उहाँले उद्घाटनको मिति भने अहिले निश्चित नभएको दुबै देशको प्रधानमन्त्रीद्वारा रेल उद्घाटन गराउने जानकारी दिँदै उहाँहरुको समय मिलेपछि उद्घाटन गर्ने मिति तय गर्ने जानकारी दिनुभयो ।
परिक्षण टोलीमा धनुषाका प्रमुख जिल्ला अधिकारीसहितको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?