काठमाडौं, पुस २७ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुष २३ गते शुक्रबार गरिएको पीसीआर परीक्षणबाट कोभिड–१९ संक्रमण पुष्टि भएकोमा अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार अहिले उहाँ खुमलटारस्थित निजी निवासमा स्वास्थ्य लाभ लिइरहनु भएको छ ।
‘कोभिड–१९ संक्रमणपछि यसको मापदण्ड पूरा गर्न पनि उहाँ आफ्नै निवासमा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सामान्य छ । अबको सात दिनपछि पुनः परीक्षण हुनेछ ।’, उहाँको निजी सचिवालयले गोरखापत्र अनलाइनसँग बताएको छ ।