मुना हमाल
सुर्खेत, पुस २८ गते । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन (नवौं अधिवेशन) आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
प्रदेशसभा सचिवालका सचिव जिवराज बुढाथोकीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखले बैठक आव्हान गरेको पत्र वाचन गरेर सुनाउने, दलीय धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेशहरु पेश हुने कार्य सूचि रहेको छ ।
सचिवालयका अनुसार हालसम्म प्रदेशसभा सचिवालयमा हालसम्म दर्ता भएका ५७ वटा विधेयक छन् । त्यस मध्ये प्रदेशसभाबाट ३६ वटा विधेयक पारित भएर प्रदेश प्रमुखबाट प्रमाणिकरण भइसकेका छन् । सचिव बुढाथोकीले विषयगत समितिमा चार वटा, प्रदेशसभा बैठकमा चार वटा विधेयक टेबुल भएको र नौ वटा विधेयक टेबुल हुन बाँकी रहेको जानकारी दिनुभयो । प्रदेशसभामा दर्ता भएका पाँच वटा विधेयक फिर्ता गरिएको उहाँले बताउनुभयो ।