logo
२०८१ बैशाख १२ बुधवार

  'यात्रुले मास्क नलगाए पाँच रुपियाँमा उपलब्ध गराउनू'  



मास्क नलगाए सार्वजनिक सवारीमा प्रवेश ‘निषेध’

लामो दूरीको यात्रा, बाटोमा यात्रु चढाउन नपाइने

राष्ट्रिय |


मास्क नलगाए सार्वजनिक सवारीमा प्रवेश ‘निषेध’
फाइल तस्बिर


काठमाडौं, माघ ४ गते । उपत्यकामा सार्वजनिक सवारी साधनमा सवार व्यक्तिले मास्क नलगाए पाँच रुपियाँ लिएर चालक वा सहचालकले मास्क उपलब्ध गराउनुपर्ने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा गरिएको व्यवस्था अनुसार सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सबै यात्रुलाई मास्क अनिवार्य गरिएको छ । मास्क नलगाएको भए चालक वा सहचालकले बढीमा पाँच रुपियाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने आदेशमा उल्लेख छ ।

त्यसैगरी सार्वजनिक सवारी साधनको ढोकामा यात्रुले प्रयोग गर्नेगरी स्यानिटाइजर राख्नुपर्ने, चालक र सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने, सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । मास्क नलगाएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा प्रवेश गर्न रोक लगाइएको छ ।

‘सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रुपियाँ लिई मास्क उपलब्ध गराउनु पर्ने’, आदेशमा भनिएको छ, ‘मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिइने ।’ जिल्ला प्रशासनले लामो दूरीमा चल्ने सार्वजनिक यातायातलाई बाटोमा यात्रु चढाउन नदिने निर्णय गरेको छ । यसरी यात्रा गर्ने यात्रुको विवरण भने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई उपलब्ध गराउनुपर्ने भएको छ ।

सम्भव भएसम्म लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुलाई एन्टीजेन परीक्षणको व्यवस्था गर्नुपर्नेछ । ‘लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुको विवरण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई उपलब्ध गराउने’, आदेशमा थप भनिएको छ, ‘लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुलाई सम्भव भएसम्म एन्टीजेन परीक्षण गर्ने व्यवस्था मिलाउने ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?