प्रेमराज सिम्खडा
कालीकोट माघ ६ गते । १२ वर्ष अघि दुई पटक शिलान्यास भएको कालीकोटको खुलालु पुल निर्माण सकिएसँगै आउजाउमा पनि सहज भएको छ ।
पुल निर्माणपछि रंगिएर सुन्दर पनि देखिन थालेको छ । कर्णाली करिडोरको प्रवेश द्वारका रुपमा रहेको खुलालु पुल वनेसँगै रङरोगन समेत भएपछि जो कोहीको पनि मन लोभ्याउन थालेको हो ।
स्टिल ट्रस्टसहितको ७५ मिटर लामो खुलालुको पुल बनेर गाडी गुडिरहेका छन । औपचारिक रुपमा उद्घाटन नभए पनि पुलमा गाडी चलाउन सुरु भइसकेको छ । पुल रंगिएको छ । जो कोही यहाँको पुलमा आउँदा फोटा खिचिहाल्छन ।
रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र वरालले निर्माण कम्पनीसँग पनि छेउको सडक मर्मत गर्नका लागि आफूले प्रस्ताव गरेको बताउनुभयो । जवाफमा निर्माण कम्पनीले आफ्नो सम्झौतामा सडक नभएकाले गर्न नसक्ने बरु केही मर्मत गर्न सकिने भनेको प्रमुख बरालको भनाइ छ । बन्दैन कि सोचेर निराश भएका बेला पुल बन्दा खुशी लागेको नगरप्रमुख बरालको भनाइ छ ।
पुल निर्माणको जिम्मा लिएको कन्काई जेभिका स्थानीय प्रतिनिधि जनकवहादुर बिष्टले कन्काई जेभिले काम सकेको र अब वाँकी मर्मतको काम सडक डिभिजनले ठेक्का गरेर मधुर कन्ट्क्सन प्रालि सुर्खेतले काम गर्ने वताउनुभयो । त्यसको पनि स्थानीय प्रतिनिधि मै हो । कार्यालयले पनि काम गराउन अनुरोध गरेकाले अव छिट्टै काम सुरु हुने बिष्टले वताउनुभयो ।
यो पुल बनेसँगै कर्णाली करिडोरको यात्रा केही सहज भएको छ । सो पुलको शिलान्यस १३ वर्ष अगाडि २०६६ सालमा तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले गर्नु भएको थियो भने दोस्रो पटक तत्कालीन भौतिक पुर्वाधार मन्त्री बिमलेन्द्र निधिले २०६९ सालमा पुन शिलान्यास गर्नुभएको थियो । सडक डिभिजिन कार्यालय र पुल निर्माणको जिम्मा लिएको पक्ष बीच नै केही समस्या देखिएकाले १३ करोडवबट बजेट बढेर १७ करोडमा पुगेपछि बल्ल पुल बनेको छ । पुलको ठेक्का सम्झौता २०६९सालमा भएको थियो भने सिलान्याश भने १३ वर्ष अगाडि नै भइसकेको थियो । पुल माघको अन्तिम साता सडक डिभिजनलाई हस्तान्त्रण गर्ने योजना निर्माण कम्पनीको छ ।