logo
२०८१ मंसिर ११ मंगलवार



माओवादी अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य सुधारोन्मुख

राष्ट्रिय |


माओवादी अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य सुधारोन्मुख
फाइल फाेटाे


काठमाडौं, माघ ११ गते । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहालको स्वास्थ्य अवस्था आल विगतको भन्दा सुधारोन्मुख रहेको बताइएको छ ।

लामो समयदेखि दुर्लभ पार्किसन्स रोगबाट पीडित रहँदै आउनुभएको उहाँमा कोभिड–१९ बाट पनि सङ्क्रमित हुनुभएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचार हुँदै आएको छ । ‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । तर, डिस्चार्जको मिति तय भइसकेको छैन ।,’ आईसियु युनिटसँग निरन्तर छलफलमा भए पनि कहिले डिस्चार्ज हुनेबारे निर्णय नभएको पार्टी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले बताउनुभयो ।

माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालले माघ ९ गते आमाको स्वास्थ्यमा समस्या आएपछि विगत तीन दिनदेखि आइसियुमा उपचार भइरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको थियो । उहाँको स्वास्थ्य पहिलेभन्दा अहिले सुधार आएको छोरी दाहालले जनाउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?