logo
२०८१ बैशाख १४ शुक्रवार



कर्णाली प्रदेशमा गठबन्धनका गुरुङ्ग, विष्ट र बोहोरा विजयी

राष्ट्रिय |
प्रदेश |


कर्णाली प्रदेशमा गठबन्धनका गुरुङ्ग, विष्ट र बोहोरा विजयी


ललित बसेल/मुना हमाल
सुर्खेत, माघ १२ गते । कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फका उम्मेदवारहरु बिजयी भएका छन् । गठवन्धनबाट नेपाली कांग्रेसका दुर्गा गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदयबहादुर बोहोरा बिजयी हुनुभएको हो ।
बुधवार भएको निर्वाचनमा उहाँहरुले प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारहरुलाई पराजित गर्नुभएको छ । निर्वाचित गुरुङले दुई हजार ९७० मतभार, विष्टले तीन हजार ६ मतभार र बोहोराले तीन हजार ६ मतभार प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेबाट सुर्खेतका चुँडामणि शर्माले एक हजार ४१६ मतभार, दैलेखका पदम माझीले एक हजार ३९८ मतभार र जुम्लाकी गंगा महत थापाले एक हजार ४१६ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । तीन पदका लागि छ जनाको उम्मेदवारी परेको थियो ।
मतदानमा कूल १९१ मतदातामध्ये १८९ मत खसेको थियो । कर्णालीका ३५ सासंद मध्ये ३४ जनाले र स्थानीय तहका १५६ मध्ये १५५ जनाले मतदानमा भाग लिएको निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ।
महिलातर्फ दुई मत बदर भएको छ । अपांगता÷अल्पसंख्यकमा एक मत बदर भएको छ ।
फोटो क्याप्सनः राष्ट्रिय सभामा कर्णाली

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?