काठमाडौं, माघ १४ गते ।राजस्व छली मुद्दामा जेल पर्नु भएका उमाशंकर रायभरलाई सर्वोच्च अदालतले २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । उहाँलाई उच्च अदालत पाटनले २०७७ साल फागुन १७ मा ७५ लाख रुपियाँ धरौटी माग गरेकोमा सो बुझाउन नसकेपछि उहाँ थुनामा पर्नु भएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले रायभरसँग ७५ लाख रुपियाँ धरौटी माग गर्ने उच्च अदालत पाटनको आदेश बदर गरी २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियाे ।
उहाँकाे नगिरकता प्रमाणपत्रकाे दुरूपयाेग गरी उहाँका नाममा विभिन्न कम्पनी खाेली त्यसबाट राजश्व छली भएकाे थियाे । साेही प्रकरणमा उहाँमाथि २८ कराेड रूपियाँ राजश्व छली गरेकाे अभियाेमा मुद्दा चलाइएकाे थियाे ।