logo
२०८१ मंसिर १० सोमवार



प्रमसँगकाे बैठक लगत्तै निर्वाचन आयाेगका पदाधिकारी छलफलमा

राष्ट्रिय |


प्रमसँगकाे बैठक लगत्तै निर्वाचन आयाेगका पदाधिकारी छलफलमा


काठमाडौं, माघ १८ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो भएको छलफलमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफल सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री देउवासँग छलफल सकिएलगत्तै आयोगका पदाधिकारी पुनः छलफलमा बस्नुभएको छ ।

स्थानीय तह निर्वाचन ऐनअनुसार स्थानीय सरकारमा निर्वाचित सदस्यहरुको पाँच वर्षे कार्यकाल आगामी जेठ ५ गते सकिन्छ । त्यसको दुई महिना अघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?