logo
२०८१ मंसिर ६ बिहीवार



सिमकोट विमानस्थलको हिउँ फाल्ने कार्य हुँदै

राष्ट्रिय |
समाज |


सिमकोट विमानस्थलको हिउँ फाल्ने कार्य हुँदै


हुम्ला माघ २२ गते। सिमकोट विमानस्थलमा दुई फिटसम्म जमेको हिउँ फाल्ने कार्य सुरु भएको छ। स्नोलक भेइकलबाट हिउँ फाल्ने कार्य भएको हो।

तीन दिनदेखि हिमपातले हवाई सेवा अवरुद्ध भएपछि हिउँ फाल्नेक्रम सुरु भएको हो। नागरिक उड्डायन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले विमानस्थलमा जमेको हिउँ फाल्ने कार्य सुरु भएको बताउनुभयो।

बिहीबारबाट भएको हिमपातले हवाई सेवा अबरुद्ध हुँदै आएको छ। सिमकोट विमानस्थल साढे सात सय मिटर लम्बाई रहेको छ। शनिबार हिउँ फाल्ने कार्य सकिए शनिबारदेखि उडान सुरु हुनेछ।

दैनिक १५ वटासम्म उडान हुने सिमकोट विमानस्थलमा सीता, समिट, तारा र नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन्।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?