विजयकुमार साह
ढल्केबर, माघ २३ गते । मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले एक राज्यमन्त्री नियुक्त गर्नुभएको छ । उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबाट नागेन्द्र राय यादवलाई नियुक्त गर्नुभएको हो ।
नवनियुक्त राज्यमन्त्री यादवलाई आइतबार बिहान प्रदेश प्रमुख हरिशङ्कर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले पदको शपथग्रहण गराउनुभयो । नवनियुक्त राज्यमन्त्री यादव रौतहट निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित हुनुहुन्छ ।
यसअघि मुख्यमन्त्री राउते नेतृत्वको सरकामा गत मङ्सिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेस सरकारमा सहभागी भइसक्नुभएको छ । मधेश सरकारमा जसपा, नेपाली काँग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादी सहभागी छ ।