logo
२०८१ बैशाख २१ शुक्रवार



स्मार्ट लकडाउनको समीक्षा गर्न उपत्यकाका प्रजिअहरुको बैठक बस्दै

राष्ट्रिय |


स्मार्ट लकडाउनको समीक्षा गर्न उपत्यकाका प्रजिअहरुको बैठक बस्दै


काठमाडौं, माघ २३ गते । कोरोना सङ्क्रमण दर घट्दै गएपछि काठमाडौंमा जारी स्मार्ट लकडाउनको समीक्षा गर्न केहीबेरमा उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ ।

कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आज बसेको बैठकपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीने नयाँ आदेश जारी गर्न लाग्नुभएको हो ।

बैठकमा अहिलेसम्मको निर्देशन कार्यान्वयनको समीक्षा हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो । उपत्यकाभित्र सवारी साधनमा लगाएको जोर–बिजोर प्रणाली पनि हटाउने विषयमा छलफल गरिने उहाँँको भनाइ छ । ‘कोरोना सङ्क्रमण विस्तारै कम हुँदै गएको छ । यसकारण सवारी साधनमा लागू भएको जोर बिजोर प्रणाली हटाउने कि भन्ने कुरा सोच्दैछौँ । तर विद्यालय भने माघ महिनाभर नै बन्द हुन्छन् ,’उहाँले भन्नुभयो ।

विद्यालय भने माघ महिनाभर बन्द नै गर्न सिफारिस गरिएको सिसीएमसीसीकी प्रवक्ता सुनीता नेपालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?