काठमाडौँ, माघ २४ गते । न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले आजका लागि बैठक बोलाउनुभएको थियो तर परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसक्नुभएको हुनाले बैठक स्थगित भएको हो ।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले आज जारी गरेको प्रेस विज्ञप्तिमा आज बोलाइएको पारिषद्को बैठक स्थगित भएको उल्लेख छ ।