logo
२०८१ जेष्ठ ८ मंगलवार



जयनगरदेखि जनकपुरसम्म ‘ड्राइ रन’ रेल सुरु

राष्ट्रिय |
प्रदेश |


जयनगरदेखि जनकपुरसम्म ‘ड्राइ रन’ रेल सुरु



विजयकुमार साह
ढल्केबर, फागुन १ गते । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ‘ड्राइ रन’ रेल सेवा सुरु भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवास्थित रेल स्टेशनमा पार्किङ गरी राखिएको रेल आइतबारबाट सुरु भएको हो । इनरुवा स्टेशन हिँडेको रेल ११ बजे जनकपुर आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो ।

नियमित रेल सञ्चालन पूर्व ड्राइ रन सञ्चालन गरिएको छ । नियमित रेल सञ्चालनमा अवरोध नहोस् भन्ने उद्देश्यले (आइतबार) आजदेखि प्रत्येक दिन एक पटक कुर्था–जयनगरसम्म ड्राइ रन रेल सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

रेल सञ्चालन भए पनि त्यसमा यात्रु नबोक्ने नै ड्राइ रन भएको बताउनुहुँदै महाप्रबन्धक झाले खाली रेल चलाएर इन्जिन, बोगी, लिक, ट्रयाक, लाइट, सङ्केतलगायतको परीक्षण हुने बताउनुभयो । ड्राइ रनको क्रममा फल्टहरु फेलापरेमा मर्मत गरिने उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?