logo
२०८१ जेष्ठ ४ शुक्रवार



सत्तरी जना सहिद तथा वेपत्ता परिवारका सदस्यलाई सम्मान

राष्ट्रिय |
प्रदेश |


सत्तरी जना सहिद तथा वेपत्ता परिवारका सदस्यलाई सम्मान


सिराज खान
नेपालगञ्ज, फागुन १ गते । २७ औं जनयुद्ध दिवसको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिकामा ७० जना सहिद तथा वेपत्ता परिवारका सदस्य तथा आफन्तलाई सम्मान गरिएको छ ।

संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ ले जनयुद्ध दिवस समारोहमा ती सहिद तथा बेपत्ता परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा मन्त्री गहतराजले सहिद र वेपत्ता भएकाहरुले गरेको बलिदान खेर नजाने विश्वास दिलाउनुभयो ।

नेकपा (माओवादी केन्द्र) ले जनताको अधिकारका लागि निरन्तर संघर्ष गरिरहेको उहाँले बताउनुभयो । सहीद र बेपत्ता परिवारलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेको जनाउँदै मन्त्री अथकले सबै नागरिकलाई सचेत रहन आग्रह गर्नुभयो ।

राप्तीसोनारी ६ सहिद स्मृति भवनमा भएको कार्यक्रममा वडा १ देखि ९ सम्मका ७० जना सहिद तथा वेपत्ता परिवारका आफन्तलाई सम्मान गरेको छ । कार्यक्रममा विभिन्न जात जातीको कला संस्कृति झल्कने झाँकीनाच प्रस्तुत गरिएको थियो । सो अवसरमा मन्त्री अथकका स्वकीय सचिव माओवादीका प्रदेश समिति सदस्य नरेन्द्र पाण्डे जेम्स, प्रदेश सदस्य अमर खड्का लगायतले सहिद र बेपत्ताको योगदानलाई सधैं सम्झिनु पर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?