logo
२०८१ जेष्ठ १ मंगलवार



सबै दल मिलेर एमसीसी पास गर्नुपर्छ : नेता निधि

राष्ट्रिय |
प्रदेश |


सबै दल मिलेर एमसीसी पास गर्नुपर्छ : नेता निधि


धर्बेन्द्र झा
धनुषा, फागुन ४ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले एमसीसी देशको आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय महत्वपूर्ण सहयोग भएकाले सवै दल मिलेर संसदबाट पारित गर्नुपर्ने बताउनुभएको छ ।

स्थानीय चुनावलाई लक्षित गरी धनुषाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ को जनकपुरधाममा बुधबार आयोजित कार्यकर्ता भेलामा नेता निधिले सो कुरा बताउनुभयो । एमसीसी पास भएपछि नेपालले पाउने अनुदान रकम ठूलो रकम भएकाले नेपालको विकासमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।

एमसीसी पास गर्दा मुलुकको कुनै अहित नहुने उहाँले बताउनुभयो । काँग्रेस नेता निधीले न्याय क्षेत्रमा भएका विकृति एवं विसंगतिको अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनुपरेको बताउनुभयो । त्यसका लागि प्रमुख प्रतिपक्षी दल एमालेको साथ र सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो ।

नेता निधिले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा काँग्रेसका उम्मेदवारलाई वडादेखि पालिकासम्म विजयी गराउन कार्यकर्तालाई अहिलेदेखि नै सक्रिय बनाउनुपर्ने उहाँले बताउनुभयो ।

काँग्रेस क्षेत्र ३ का क्षेत्रीय सभापति धीरेन्द्रकुमार निधिको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस नेता कार्यकर्ताहरुले काँग्रेसको अगामी कार्यदिशा, गठबन्धनको निरन्तरतासहितको विषयमा छलफल गरेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?