logo
२०८१ मंसिर १० सोमवार



गैरआवासीय नेपाली सङ्घको निर्वाचन चैतमा

राष्ट्रिय |


गैरआवासीय नेपाली सङ्घको निर्वाचन चैतमा


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ६ गते । गैरआवासी नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आउँदो चैतमा गर्नेगरी घोषणा गरिएको छ । एनआरएनएले विज्ञप्तिमार्फत यसअघि विभिन्न कारणले रोकिएको एनआरएनए परिषद्को निर्वाचन चैत ७ र ८ गते गर्नेगरी मिति तय भएको जानकारी गराइएको हो ।

सङ्घले अधिवक्ता भीमसेन बन्जाराको संयोजकत्वमा समिति गठन गरी निर्वाचनको आन्तरिक तयारी थालेको जनाएको छ । समितिका सदस्यहरूमा रामप्रताप थापा (जर्मनी), चिरञ्जीवी ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका) र सदस्य सचिवमा भूषण घिमिरे (जापान) हुनुहुन्छ ।

विगतमा मतदाताको अधिकारसहितका प्रतिनिधिहरूको सूची निर्वाचन समितिलाई उपलब्ध हुन नसक्दा निर्वाचनको कार्य स्थगित भएको थियो । सङ्घका अनुसार फागुन २ गतेसम्म सबै प्रतिनिधिको सूची समितिसमक्ष प्राप्त भइसकेकाले निर्वाचनको मिति घोषणा गरेको
जनाएको छ ।

सङ्घका अनुसार यस पटक एनआरएनएको निर्वाचन अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने तयारी भइरहेको छ । सङ्घले विज्ञप्तिमार्फत हाल हाल मतदाताको फोटो सङ्कलन गर्ने काम भइरहेकाले मतदाताको सूचीमा रहेका सबै मतदातालाई एमआईएस सिस्टममा लगइन गरेर सेल्फी फोटो प्रविष्ट गराउन आग्रह गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?