logo
२०८१ बैशाख १८ मंगलवार



एमसीसी टेबल भएमा प्रक्रियामा एमाले सामेल हुँदैन : महासचिव पोखरेल

राष्ट्रिय |
राजनीति |
प्रदेश |


एमसीसी टेबल भएमा प्रक्रियामा एमाले सामेल हुँदैन : महासचिव पोखरेल


जनार्जन खत्री
सर्लाही, फागुन ७ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संसदमा अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश भएमा एमाले सो प्रक्रियामा सामेल नहुने बताउनुभएको छ ।

सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार भएको एमाले सर्लाहीको आठौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्नुहुँदै महासचिव पोखरेलले सो कुरा बताउनुभयो । प्रक्रियामै सामेल नुहने भएपछि एमालेले एमसीसीबारे के गर्छ भन्ने प्रश्नको अर्थ नहुने उहाँको भनाई छ ।

एमालेले कारवाहीको सिफारिस गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही गरेको सूचना प्रकाशन नगरेसम्म संसद बैठकमा सामेल नहुने निर्णयमा एमाले दृढ रहेको उहाँले प्रष्ट पार्नुभयो ।

 पोखरेलले एक जना न्यायाधीशमाथि मात्रै महाअभियोग लगाएर अदालत सुध्रिने अवस्था नरहेको पनि बताउनुभयो ।

अदालतलाई आफ्नो नियन्त्रणमा राख्ने, निर्वाचन सार्ने र अदालतमा एमालेले दर्ता गरेका मुद्दालाई प्रभावित पार्ने षडयन्त्रकासाथ महाअभियोगको प्रस्ताव दर्ता गरिएको महासचिव पोखरेलले टिप्पणी गर्नुभयो । अधिवेशन उद्घाटन समारोहमा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठ, मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव लगायतले मन्तव्य राख्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?