logo
२०८१ बैशाख २२ शनिवार



एमसीसीबारे नेताहरुले नै भ्रम फैलाए : महामन्त्री शर्मा

राष्ट्रिय |
प्रदेश |


एमसीसीबारे नेताहरुले नै भ्रम फैलाए : महामन्त्री शर्मा
फाइल तस्विर


बिष्णुप्रसाद पोखरेल
दमक, फागुन ८ गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को बिषयमा राजनीतिक दलका शिर्ष नेताहरुले नै भ्रम फैलाएको बताउनुभएको छ । राजनीतिक स्वार्थका लागि भ्रम फैलाउनु मुलकका लागि दूर्भाग्यपूर्ण हो उहाँले भन्नुभयो ।

सी.के. प्रसाई (भरत बाबु) को २८ औं स्मृति दिवसको अवसरमा झापाको अर्जुनधारामा आईतवार भएको कार्यक्रममा महामन्त्री शर्माले अमेरिकी सेना नेपालमा आउँछ भनेर भ्रम छर्ने काम शिर्ष नेताहरुबाट नै भएको बताउनुभयो । एमसीसी रोकेर विकासलाई रोक्ने कुचेष्टा नगर्न पनि उहाँले आग्रह रहेको थियो ।

आर्थिक विकासमार्फत गरिबी न्यूनीकरणको मुख्य उद्देश्य बोकेको एमसीसी संसदबाट पास हुँदा यहाँ अमेरिकी सेना आउँछन् भन्ने कुरा कहाँ कुन बुँदामा छ देखाउन सक्नुपर्छ उहाँले भन्नुभयो । यसभन्दा अघि अरुण तेस्रोको बिषयमा पनि यसप्रकारको विरोध र अवरोध भएको उहाँले स्मरण गर्नुभयो ।

समयमा बुझेर त्यो अघि बढाइएको भए अरुण तेस्रो पहिला नै बनिसक्थ्यो, शर्माले भन्नुभयो । राष्ट्रियताको सवालमा काँग्रेसले कहिल्यै कसैसँग सम्झौता नगरेको उहाँले दावी गर्नुभयो । प्रतिष्ठानले सो अवसरमा प्रजातन्त्रिक आन्दोलनका अगुवा तथा काँग्रेस झापाका पुर्व सभापति पूर्णानन्द शर्मालाई सम्मानित गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?