logo
२०८१ बैशाख २२ शनिवार



काँग्रेस लोकहितमा काम गर्ने पार्टी हो : महामन्त्री शर्मा

राष्ट्रिय |
प्रदेश |


काँग्रेस लोकहितमा काम गर्ने पार्टी हो : महामन्त्री शर्मा


विष्णुप्रसाद पोखरेल
दमक, फागुन ९ गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचन नजिकिएकाले जनताको मन जित्नेगरी काम गर्न जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई निर्देश गर्नुभएको छ । झापाको गौरादहमा सोमबार भएको पार्टीको कार्यक्रममा शर्माले मन र मत दुबैले जित्नेगरी काम गर्न निर्देश गर्नुभएको हो ।

प्रजातान्त्रिक अभ्यासमा हार र जित स्वभाविक भएको भन्दै शर्माले मुलकको विकासका लागि, मुलकको सही मार्गका लागि काँग्रेसले निर्वाचन जित्नु आवश्यक रहेको बताउनुभयो । काँग्रेस लोकहितमा काम गर्ने पार्टी भएकाले चुनाव जित्न आवश्यक रहेको उहाँको भनाई छ ।

बिगतमा जनताकोबीचमा आएर स्थिर सरकार दिन्छु भन्नेहरुले के गरेका छन्, जनतलाई बुझाउनु पर्छ उहाँले भन्नुभयो । कोरोना महामारीको समयमा जनतालाई घरबाट ननिस्कन भन्ने तर आफुहरु लाप्पा खेलेको सबैले देखेको नै हो, शर्माले बताउनुभयो ।

एमसीसीको बिषयले अहिले नक्कली राष्ट्रबादी र सक्कली राष्ट्रबादी छुट्टिएको शर्माले बताउनुभयो । नक्कली राष्ट्रबादीहरु समायनुकुलअनुसार बोल्ने र चुनावलाई केन्द्रमा राखेर बोल्ने गरेको उहाँको भनाई छ । काँग्रेस जस्तोअवस्थामा पनि आफ्नो अडान कायम रहने उहाँले बताउनुभयो ।

एमसीसी बिषयमा फैल्याइएको भ्रम चिरेर काँग्रेस अघि बढ्ने पनि उहाँले बताउनुभयो । “नेपाल सरकारले निवेदन हालेर अनुदान सहयोग मागेको हो, यसलाई अस्वीकार गर्दा भोलि हामीलाई अन्तर्राष्ट्रिय समुदायले गर्ने विश्वास गुम्छ”, शर्माले भन्नुभयो ।

नेपालमा मात्र नभएर अन्य देशमा पनि यो अनुदानको कार्यक्रम रहेको भन्दै त्यहाँ सैन्य गतिविधि नरहेको शर्माले स्पष्ट पार्नुभयो । एमसीसी सम्झौता गर्दैमा अमेरिकी सेना नआउने उहाँले बताउनुभयो । राजनीतिक रुपले आग्रह र पुर्वाग्रह नराखि एमसीसी पास गर्न सबै दल एकबद्ध हुनेमा आफु आशाबादी रहेको शर्माले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?