logo
२०८१ बैशाख १३ बिहीवार



सरकारमा हुँदासम्म पदको गरिमा कायम राख्छु : मन्त्री झाँक्री

राष्ट्रिय |
प्रदेश |


सरकारमा हुँदासम्म पदको गरिमा कायम राख्छु : मन्त्री झाँक्री


शालिग्राम नेपाल
चितवन, फागुन ११ गते । सहरी विकास मन्त्री तथा नेकपा (एकीकृत समाजावादी) पार्टीका सचिव रामकुमारी झाँक्रीले सरकारमा हुँदासम्म पदको गरिमालाई ध्यान दिएर जिम्मेवारी पूरा गर्ने बताउनुभएको छ । चितवनको भरतपुरमा समाजवादी पत्रकारले गरेको कार्यक्रममा मन्त्री झाँक्रीले आफूलाई अहिले दोहोरो भूमिकामा देखिनु पर्ने बाध्यता रहेको बताउनुभयो । एमसीसीको विषयमा पार्टीले लिने अन्तिम निर्णय नै आफुले मान्ने जानकारी उहाँले दिनुभयो ।

उहाले भन्नुभयो ‘सरकारले गरेका काममा विरोध गर्नुपर्ने र सरकारमा पनि वस्नु पर्ने यो अवस्थाको छिटो अन्य हुनुपर्छ ।’ आफ्नो पार्टी चाहेर सरकारमा नगएको भन्दै फरक अवस्था सिर्जना भएकाले परिस्थितिले सरकारमा लगेको उहाँले बताउनुभयो । “सरकारमा रहेका मन्त्रीले प्रधानमन्त्रीको निर्देशन मान्नुपर्छ, त्यही भूमिका मैले निर्वाह गरेकी हुँ” उहाँले प्रष्ट पार्नुभयो ।

“देशभरीका नेता कार्यकर्ताले एमसीसीको विपक्षमा लाग्ने भन्ने निर्णय गरेर पार्टीलाई दवाव दिएमा सरकारमा टाँसिन मन छैन उहाँले भन्नुभयो । सरकारमा रहने वा नरहने भन्ने विषयमा पार्टीले छिटो निर्णय लिएर जनतामाझ जानुपर्ने उहाँको भनाई छ । अहिले दोहोरो भूमिका देखिएको छ यसले जनतामा भ्रम सिर्जना हुन्छ, छिटो अन्त्य आफूले चाहेको उहाँले बताउनुभयो ।

“एमसीसी विषयमा विरोधमा आउन कार्यकर्ताले दवाव दिए पनि मन्त्री पदमा रहेर विरोधमा निस्कन मलाई मिल्दैन” उहाँले भन्नुभयो, “सरकारले लिएको कामको जिम्मेवारी पूरा गर्नु मेरो दातिव्य हो ।”
एमसीसी विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को दोहोरो भूमिका रहेको भन्दै उहाँले आलोचना गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?