logo
२०८१ बैशाख २० बिहीवार



गठबन्धन टुटे पनि एमसीसी पारित हुन्छ : नेता पौडेल

राष्ट्रिय |
प्रदेश |


गठबन्धन टुटे पनि एमसीसी पारित हुन्छ : नेता पौडेल


अमरराज नहर्की
तनहुँ, फागुन १२ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन टुटे पनि संसदबाट एमसीसी पास हुने बताउनुभएको छ । प्रेस युनियन तनहुँले बिहीबार दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा नेता पौडेलले सो कुरा बताउनुभएको हो ।

गठबन्धन पनि नटुटोस् एमसीसी पनि फेल नहोस् भन्ने चाहना आफूहरुको भए पनि सरकारको काममा अवरोध आएमा तालेमेल टुट्न सक्ने पौडेलले चेतावनी दिनुभयो । एमसीसीको विरुद्धमा जानु देशको हितमा नरहेको उहाँको भनाइ छ ।

नेता पौडेलले भन्नुभयो, “एमसीसीको विरोधमा जानुहुन्छ भने गठबन्धन नरहन सक्छ ।” एकातिर एमसीसीको विरोध गर्ने अर्कोतिर सरकारको प्रस्तावलाई सडक र सदनमा विरोध गर्नु परस्पर विरोधी कुरा हो उहाँले भन्नुभयो । सरकारको प्रस्तावलाई संसदमा सहयोग नगरे गठबन्धन टुट्ने र काँग्रेस अर्को चुनावमा जान सक्ने पौडेलले बताउनुभयो ।

सरकारको नेतृत्वमा रहँदा एमालेले प्रस्ताव लग्ने सरकार बाहिर रहँदा विरोध गर्नु उचित नभएको उहाँले बताउनुभयो । औलो निर्मूलन, शिक्षा सुधार तथा अन्य सहयोगमा अमेरिकाको सहयोग लिने तर एमसीसीमा विरोध गर्नु उचित नभएको वरिष्ठ नेता पौडेलले बताउनुभयो ।

‘एमसीसी राष्ट्रको हित विपरीत छैन, अमेरिकी जनताले नेपालको विकासका लागि दिएको सहयोग हो, कुनै हस्तक्षेप हुँदैन’ पौडेलले भन्नुभयो । काँग्रेसले जनतालाई एमसीसीबारे बुझाउन नसक्दा समस्या आएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?