logo
२०८२ असार १ आईतवार



स्थानीय तह निर्वाचनका लागि आयोगमा २९ दल दर्ता

राष्ट्रिय |


स्थानीय तह निर्वाचनका लागि आयोगमा २९ दल दर्ता


काठमाडौं, फागुन १२ गते । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म २९ वटा दल दर्ता भएको छ ।
आयोगकाे बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले थप १९ वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको जानकारी दिनुभयो । यस अघि दशवटा राजनीतिक दलले निवेदन दिएका थिए । यसरी निर्वाचनमा भाग लिनका लागि दर्ता हुन निवेदन दिने दलहरुको सङ्ख्या २९ पुगेको हाे ।
आयोगमा बहुजन एमता पार्टी नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित १९ राजनीतिक दलहरुले आयोगमा निवेदन दिएका हुन् ।
आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि फागुन ५ सूचना निकालेर फागुन १६ गनेभित्र दर्ता गरिसक्न आह्वान गरेको थियो ।
त्यस्तै, आयोगले स्थानीय निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोड २९ लाख चार हजार रुपियाँ बजेट माग गर्ने निर्णय गरेको पनि सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
यसैगरी, स्थानीय तह निर्वाचनका लागि आचारसंहितालाई अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
आचारसंहिता कानुन मन्त्रालयमा पठाएपछि राजपत्रमा प्रकाशन भएपछि सार्वजनिक हुने समेत उहाँ बताउनुहुन्छ । साथै आचारसंहिताका केही प्रविधिक कुरा मिलाउनुपर्ने भएकोले छलफलमा पनि रहेको उहाँको भनाइ छ ।
‘कानुनी व्यवस्था अनुसार आचारसंहिचता आयोगले तोकेको मितिदेखि लागू हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोग चाँडै आचारसंहित लागू गर्ने छ ।’ उहाँ भन्नुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?