काठमाडौं, फागुन १३ गते । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले आज भएकाे पार्टीकाे बैठकमा सत्ता गठबन्धन बचाउनेबारे छलफल भएको जानकारी दिनुभएको छ ।
नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालसहित सिंहदरबारमा भएको छलफमा अमेरिकी अनुदान सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना सम्बन्धमा देखिएका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको श्रेष्ठले बताउनुभयो ।
‘यी लगायतका समस्या छलफलकै तहमा छ । अहिलेको जुन समस्या छ, यसलाई समाधान गर्दै गठबन्ध्नलाई निरन्तर गर्ने विषयमा अनौपचारिक छलफल भयो । एमालेको षड्यन्त्रलाई कसरी पराजित गर्ने विषयमा पनि छलफल भयो ।’, उहाँले भन्नुभयो ।
अध्यक्ष नेपालले शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुभएको छ । एमसीसी परियोजनाबारे नेकपा (एस) मा मतभेद रहेका कारण संसदबाट एमसीसी अनुमोदनका लागि समस्या पैदा भइरहेको छ । तर पनि यथास्थितीमा एमसीसीको पक्षमा मतदान गर्न नसकिने पार्टीको निर्णय भने यथावत् रहेको उहाँको भनाई छ ।