logo
२०८१ बैशाख १४ शुक्रवार



मधेस प्रदेश सरकार सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा कालोपत्रे सडक निर्माण गर्दै

राष्ट्रिय |
प्रदेश |


मधेस प्रदेश सरकार सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा कालोपत्रे सडक निर्माण गर्दै



विजयकुमार साह
ढल्केवर, फागुन १८ गते । मधेश प्रदेश सरकारले प्रदेशभरका सबै प्रदेशसभा निर्वाचन क्षेत्रसँग जोडिने गरी कालोपत्रे सडक निर्माण गर्ने भएको छ । मधेस सरकारले प्रदेशभरका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले कालोपत्रे सडक निर्माण गर्न लागेका हो ।

कालोपत्रे सडक निर्माणका लागि मधेस सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ । मन्त्रालयले ६४ स्थानमा कालोपत्रे सडक निर्माण गर्न छुट्टाछुट्टै ठेक्का आह्वान गरेको छ । ठेक्का आह्वान भएर मुल्याङ्कनको प्रक्रियामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दीपककुमार दासले बताउनुभयो ।

उहाँले चालू आर्थिक वर्ष २०७८÷०७९ मा प्रत्येक स्थानका लागि एक करोड पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । सडक निर्माणमा अपुग हुन जाने रकम आउँदो आर्थिक वर्षमा थप गरिने छ । दुई वर्षमा सडकको निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्कामा दिन लागिएको सचिव दासले भन्नुभयो ।

मधेस सरकारले सहज यात्राका लागि गुणस्तरयुक्त कालोपत्रे सडक निर्माण गर्न लागेको छ । सडक पूर्वाधार निर्माणले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र हरेक क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँले भन्नुभयो ।

यसैगरी, मधेस सरकारले नीति तथा कार्यक्रममा नै समेटेको सडक निर्माण कार्यक्रम अन्तर्गत प्रदेशभरमा कालोपत्रे, ढलान र ग्राभेल गरी एक हजार ६२३ किलोमिटर सडक निर्माण गरेको छ । मधेस सरकारले २२४ किलोमिटर कालोपत्रे सडक, २३७ किलोमिटर ढलान सडक, ९३७ किलोमिटर ग्राभेल सडक र २२५ किलोमिटर माटो सडक निर्माण कार्य सम्पन्न गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?