धनगढी, फागुन १९ गते। नेपाली काङ्ग्रेस कैलालीको सभापतिमा संस्थापन पक्षका नारायणदत्त भट्ट विजयी हुनुभएको छ। आफ्नो प्रतिद्वन्द्वी संस्थापन पक्षकै प्रकाश बमलाई २६३ मतान्तरले पराजित गर्दै भट्ट सभापतिमा विजयी हुनुभएको हो। विजयी भट्टले एक हजार ३५९ र पराजित हुनु भएका बमले एक हजार ९६ मत प्राप्त गर्नुभयो।
यसअघि, पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव भएको थियो। जम्मा दुई हजार ५७६ मतदाता रहेकोमा दोस्रो चरणको चुनावमा दुई हजार ४६७ मत खसेको थियो।