logo
२०८१ बैशाख १७ सोमवार



काँग्रेस बाँके सभापति : दोस्रो चरणमा गौडेल र कुर्मीको प्रतिस्पर्धा

राष्ट्रिय |
राजनीति |


काँग्रेस बाँके सभापति : दोस्रो चरणमा गौडेल र कुर्मीको प्रतिस्पर्धा
सभापतिका लागि दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहनु भएका गौडेल र कुर्मी । तस्बिर : सिराज खान ।


सिराज खान
नेपालगञ्ज, फागुन २० गते । नेपाली काँग्रेस बाँकेको नयाँ नेतृत्व चयनका लागि बिहीबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि शुक्रबार दोस्रो चरणको मतदान सुरु भएको छ ।

बिहीबारको संस्थापन इतरका नारायणप्रसाद गौडेलले ५६९ मत ल्याउँदै पहिलो भएका थिए भने उहाँका प्रतिद्वन्द्वी बादशाह कुर्मीले ५३८ मत ल्याउनुभयो ।

त्यस्तै सभापतिका अर्का उम्मेदवार संस्थापन पक्षकै सुरेन्द्र हमालले ३१४ मत ल्याउनुभयो । बिहीबार भएको मतदानमा १४ सय ४५ जनाले मतदान गरेका थिए जसमा २४ मत बदर भएको थियो ।

जिल्ला सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चयन गर्न बिहीबार मतदान भएको थियो । सभापतिका लागि दोस्रो चरणको मतदान अन्तर्गत शुक्रबार पुनः मतदान भएको हो ।

बाँकेमा संस्थापन पक्ष बलियो भए पनि दुईजना उम्मेदवार हमाल र कुर्मीले आफूलाई आधिकारिक बताउँदै निर्वाचनमा सहभागी हुनुभएको हो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?