logo
२०८१ जेष्ठ ३ बिहीवार



सुतिरहेका आमा छोराको जलेर मृत्यु

राष्ट्रिय |
समाज |


सुतिरहेका आमा छोराको जलेर मृत्यु


दैलेख, फागुन २० गते। दैलेखको ठाटीकाँध गाउँपालिका १ को लकान्द्रास्थित एक घरमा सुतिरहेका आमा छोराको जलेर मृत्यु भएको छ। घरमा सुतिरहेको सममा आगलागी हुँदा घरभित्र सुतिरहेका ४० वर्षीया हरिकला वादी र उहाँका छोरा १८ वर्षीय रमेश वादीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर साहका अनुसार घटनाको विषयमा प्रहरीले अनुसन्धान थालेको छ। मृतकको शव पोष्टमार्टमका लागि दुल्लु अस्पताल, दैलेख ल्याइएको छ। घटनास्थल सदरमुकामदेखि करिब ३५ किलोमिटर दूरीमा पर्छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?