logo
२०८१ बैशाख २६ बुधवार



विकासका लागि प्राविधिक शिक्षा आवश्यक : अध्यक्ष ओली

राष्ट्रिय |
राजनीति |
प्रदेश |


विकासका लागि प्राविधिक शिक्षा आवश्यक : अध्यक्ष ओली


होमराज रानाभाट
कावासोती, फागुन २३ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको विकासका लागि प्राविधिक शिक्षा नै प्रमुख आधार भएको बताउनुभएको छ । कावासोती स्थित मध्यविन्दु बहुमुखी क्याम्पसको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै उहाँले मध्यविन्दु क्याम्पसमा अक्षयकोषको स्थापना गर्नुभयो ।

एमाले नेता मझिलाल थारु थनेतको नाममा अक्षयकोष स्थापना गरी आफुले दुई लाख रुपियाँ सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष ओलीले गर्नुभयो । क्याम्पसमा अध्ययनरत जेहेन्दार, गरिव एवम् उत्कृष्ट विधार्थीलाई त्यसबाट प्राप्त व्याजबाट पुरस्कृत गर्न उहाँले सुझाव दिनुभयो ।

सो अवसरमा आफू नेतृत्वको सरकारले गरेको कामको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म विकासको काम गरेको दावी गर्नुभयो । कालीगण्डकी करिडोर, पुल, बाटो लगायतका भौतिक निर्माणको काम गरेको चर्चा गर्नुहुँदै वर्तमान सरकारले यसअघिको सरकारले थालेको विकासको कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

प्राकृतिक सुन्दरताले नेपाल धनी देश भए पनि त्यसको संरक्षण गर्न नसक्दा नेपाल पछि परेको उहाँले बताउनुभयो । प्राकृतिक सम्पदाको संरक्षणमा सबैले ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो । सो अवसरमा अध्यक्ष ओलीले मध्यविन्दु क्याम्पसको नवनिर्मित पुस्तकालय भवन र प्रशासनिक भवनको उदघाटन गर्नुभयो । अध्यक्षमा निर्वाचित भएपछि उहाँ पहिलो पटक नवलपुर आउनु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?